वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल स्थगित, बाँकी खेल आज हुने

244 Shares

एसिया कप–२०२३ को सुपर–४ अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बाँकी खेल आज (सोमबार) हुने भएको छ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा भइरहेको  खेलमा वर्षा बाधक भएपछि खेल भोलिका लागि सारिएको हो। आज  न्युजिल्याण्ड समय अनुसार खेल राती ९:३० बजे सुरु हुने छ।

पाकिस्तानले टस जितेर बलिङमा जाने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको भारतलाई ओपनरहरु रोहित शर्मा र शुभनम गिलले उत्कृष्ट सुरुवात गरेका थिए।भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो।

अब आज २४.१ ओभरदेखि खेल सुरु हुनेछ। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो।

हिजो भएको खेलमा भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा थिए।

सम्बन्धित समाचार

सबै