न्युजहबले गरेको पछिल्लो पोलले न्युजिल्याण्डको राजनितीमा तरङ ल्याएको छ । लेबर सरकारलाई बर्खास्त गर्न तयार अवस्थामा रहेको नेसनललाई यो पोलले ठुलो झट्का दिएको छ भने लेबरलाई केही राहत दिएको छ । अक्टोबर ५ देखि १० सम्म गरिएको पछिल्लो पोलमा नेसनलको केही सिट घट्ने देखिएको छ । सिट मात्र होइन रुचाईने प्रधानमन्त्रीमा पनि नेसनलका नेता क्रिस्टोफर लक्सनलाई कडा टक्कर दिदै छन् लेबरका नेता क्रिस हिप्किन्स । यस्तोमा क्रिस हिप्किन्स पुन: देशको प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । पछिल्लो पोलमा २२.२ % ले नयाँ प्रधानमन्त्रीमा क्रिस हिप्किन्स लाई निरन्तरता दिनु पर्ने मत राखेका छन् । नेसनलका नेता लक्सनलाई भने २३.६ % ले प्रधानमन्त्रीको रुप्मा देख्न चाहन्छन् । अघिल्लो पोल अनुसार हिप्किन्सको पक्षमा ३.१ मत बढेको छ भने लक्सनको मत ०.४ % ले घटेको छ । यो पोलको नतिजाले अब कस्को सरकार बन्ने यकिनका साथ भन्न कठिन हुने देखिएको छ ।