अकल्याण्ड र वेलिङ्टनमा सार्वजनिक यतायातको बिकल्पमा केबलकार संचालन हुँदै

502 Shares

न्युजिल्याण्डमा सार्वजनिक यातायतको बिकल्पको रुपमा केबलकार संचालनमा आउने भएको छ । न्युजिल्याण्डका दुई ठुला शहरहरु अकल्याण्ड र वेलिङ्टनमा सार्वजनिक यातायतको साधनको रुपमा केबलकारको निर्माण सुरु गर्न लागिएको हो । अष्ट्रियाको कम्पनी Doppelmayr’s cable car network ले न्युजिल्याण्डमा केबलकारको निर्माण गर्ने भएको हो । कम्पनीले सुरुमा न्युजिल्याण्डको नर्थ आईल्याण्डमा आफ्नो परियोजना निर्माण गर्ने भएको हो । अकल्याण्डमा ३ वटा रुटमा केबलकार निर्माण हुने छ जस्मा दुई रुटको केबलकार अन्तरराष्ट्रिय बिमानस्थलसम्मको हुने छ । त्यस्तै राजधानी वेलिङटनमा पनि ४ वटा रुटमा केबलकार संचालनमा आउने छन् । सरकारको तर्फबाट भने यो योजनालाई महत्वका साथ हेरिएको छैन । केबल कार निर्माण गर्न खर्च धेरै लाग्ने भएकाले तत्काल यो योजनालाई महत्व नदिईएको नवनियुक्त यातायत मन्त्री सिमियोन ब्राउनले बताएका छन् । केबलकार निर्माण कम्पनीका अनुसार भौगोलिक हिसाबले केबलकार निर्माण गर्न प्रति किलोमिटर ४० देखि ६० मिलियन डलर खर्च हुने छ ।

सम्बन्धित समाचार

सबै