375
Shares
न्युजिल्याण्डको कुल जनसंख्यामध्ये जम्मा ४ % नागरिक बेरोजगार रहेका छन् । झन्डै ५० लाख जनसंख्या भएको देशमा १ लाख २२ हजार नागरिक बेरोजगार रहेको स्ट्याट्स एनजेडले जनाएको छ । गत डिसेम्बरको विवरण अनुसार न्युजिल्याण्डका ९६ % जनता कुनै न कुनै मध्यमको रोजगारमा रहेका छन् । रोजगार दाता अर्थात अरुको कम्पनीमा काम गर्नेको संख्या ६९ % छ भने बाँकी स्वरोजगारमा संलग्न रहेका छन् । सन् २०१२ मा न्युजिल्याण्डमा बेरोजगार दर झन्डै ७ प्रतिशत रहेको थियो । त्यसयता यो दरमा कमी आएको छ । बेरोजगार दरमा स्थिरता नआएपनि सन् २०२२ मा यो दर ३ % मा झरेको थियो । बेरोजगार दरले श्रम बजार र समग्र अर्थतन्त्रको अवस्था झल्काउँने गर्दछ ।