372
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले होली पर्वको शुभकामना दिएका छन् ।
सामाजिक सन्जाल मार्फत उनले रङहरुको पर्व होलीको शुभकामना दिएका हुन् ।
‘मेरो तर्फबाट तपाईंहरुलाई रङहरुको पर्वको शुभकमना’ फेसबूकमा पोस्ट शेयर गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।
होली पर्व नेपाल र भारतका हिन्दू समुदायको एउटा महत्वपूर्ण पर्वको रुपमा लिने गरिन्छ । फागु पुर्णिमाको दिन हिजो नेपालको पहाडी भुभागमा होली मनाईयो भने आज सोमबार तरा ई क्षेत्रमा होली मनाईदै छ ।