358
Shares
समान तथा सेवा खरिद गर्दा पाईने रिवार्ड दिईने कम्पनी Flybuys ले आफ्नो सेवा बन्द गर्ने भएको छ । Loyalty NZ अन्तर्गत यो कम्पनीले सेवा दिएको झन्डै ३० वर्ष पछि आफ्नो सेवा बन्द गर्न लागेको हो । Flybuys को पार्ट्नरहरुमा न्यु वर्ल्ड, नियोल निमिङ, बि एन्जेड बैंक, जेड पम्प आदि रहेका छन् । सेवा दिएको ३ दशक पुग्नै लाग्दा यस्ले आफ्नो सेवा बन्द गर्न लागेपछि झन्डै २४ लाख सदस्यहरु अन्योलमा परेका छन् । कम्पनीले भने अक्टोबर ३१ सम्म कार्ड प्रयोग गर्न पाईने र डिसेम्बर सम्ममा कार्डमा रहेको रिवार्ड पोइन्टस रिडिम गर्न सकिने भएको छ । यसबारेका बारम्बार सदस्यहरुलाई सुचित गरिने र कोही सदस्य पनि यसबाट घाटा नपर्ने कम्पनीले उल्लेख गरेको छ ।