न्युजिल्याण्डको कर्मडेक टापुमा गयो ६.२ रेक्टर स्केलको भुकम्प

425 Shares

न्युजिल्याण्डको उत्तर पुर्वमा रहेको कर्मडेक टापुमा ६.२ रेक्टर स्केलको भुकम्प गएको छ । शनिबार बिहान ३:५४ मा उक्त भुकम्प गएको हो । २० किलोमिटर गहिराईमा गएको उक्त भुकम्पले केही प्रभाव नपारेको र सुनामीको खतरा समेत नभएको जियो नेटले जनाएको छ । कर्मडेक टापु न्युजिल्याण्डको नर्थ आईल्याण्डबाट करिब हजार किलोमिटर उत्तर पुर्वमा रहेको एक टापु हो जहाँ मानिस बसोबास गर्दैनन् ।

सम्बन्धित समाचार

सबै