बेलायतको प्रधानमन्त्रीमा किअर स्टारमर नियुक्त – New Zealand News Nepal (NZ News Nepal)

बेलायतको प्रधानमन्त्रीमा किअर स्टारमर नियुक्त

   July 7, 2024  

करिब डेढ दशकपछि लेबर पार्टीलाई चुनावी जित दिलाएका किअर स्टारमर बेलायतको प्रधानमन्त्री बनेका छन्।

चुनावी नतिजा आइरहँदा राजा चार्ल्सले उनलाई भेटेर सरकार गठन गर्न निम्त्याएसँगै उनी आधिकारिक रुपमा प्रधानमन्त्री बनेका हुन्।

शाही सहयोगी सर क्लाइभ एल्डरटनले राजासँग उनको परिचय गराएका थिए। परम्पराअनुसार राजाका सहयोगीले राजापछि प्रधानमन्त्रीलाई बधाई दिने गर्छन्।

त्यसपछि क्याबिनेट गठनको चर्चा हुने गर्छ।

यसअघि प्रधानमन्त्री ऋषि सुनकले दिएको राजीनामा राजा चार्ल्सले स्वीकृत गरेका थिए।