न्युजिल्याण्ड आईपुगिन् भारतिय राष्ट्रपति मुर्मु, व्यापार मन्त्रीले गरे स्वागत – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड आईपुगिन् भारतिय राष्ट्रपति मुर्मु, व्यापार मन्त्रीले गरे स्वागत

   August 7, 2024  

भारतिय राष्ट्रपति द्रौपदी मुर्मु आज न्युजिल्याण्ड आईपुगेकी छिन् ।
उनि ३ दिनको लागि न्युजिल्याण्डको भ्रमणका लागि आएकी हुन् । उनि केही बेर अघि अकल्याण्डमा अवतरण भएकी हुन् । राष्ट्रपती मुर्मुलाई न्युजिल्याण्डका व्यापार मन्त्री टोड् म्याक्लेले स्वागत गरेका थिए ।

आज अकल्याण्डमा नै बसेर राष्ट्रपति मुर्मु भोली राजधानी वेलिङ्टन जाने छिन् ।
। वेलिङ्टनमा मुर्मुको औपचारिक रुपमा स्वागत गरिने छ । त्यस्पछि उनी पुन: अकल्याण्ड फर्किने कार्यक्रम रहेको छ ।

वेलिङ्टनमा रहदा राष्ट्रपति मुर्मूले न्युजिल्याण्डकी राष्ट्रप्रमुख गभर्नर जेनरल सिन्डी किरो र सरकारप्रमुख प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग भेट गर्ने छिन् ।

त्यस्पछि उनी पुन: अकल्याण्ड फर्किने कार्यक्रम रहेको छ ।

राष्ट्रपति मुर्मुले  अकल्याण्डमा आयोजना हुने शिक्षा सम्मेलनमा सम्बोधन गर्नुका साथै भारतीय समुदायसँग अन्तरक्रिया पनि गर्नेछिन् ।

न्युजिल्याण्ड भ्रमण सकेर राष्ट्रपति मुर्मु शुक्रबार प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे प्रस्थान गर्ने छिन् ।

भारतीय राष्ट्रपतिको तर्फबाट यो भ्रमण ८ वर्ष पछिको हो । सन् २०१६ मा तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले न्युजिल्याण्डको भ्रमण गरेका थिए ।