प्रधानमन्त्री लक्सन गिस्बोर्नमा – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री लक्सन गिस्बोर्नमा

   September 14, 2024  

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गिस्बोर्नको भ्रमण गरेका छन् । गत बिहीवार उनी नर्थ आईल्याण्डको पुर्वमा रहेको गिस्बोर्न पुगेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री लक्सनले गत वर्ष गिस्बोर्नमा चक्रवात ज्ञाब्रियलले पारेको भौतिक क्षती र त्यसपछि भएका पुनर्निर्माणको बिषयमा चासो राखेका थिए । प्रधानमन्त्री लक्सनलाई गिस्बोर्नका मेयर रिहेट स्टोस चक्रवातबाट प्रभावित भएका क्षेत्रको अवलोकन गराएकी थिईन । सो क्रममा मेयर स्टोसले केन्द्रिय सरकारबाट ग्रिस्बोर्नले ठुलो लगानीको अपेक्षा गरेको बताएकी थिईन् । सन् २०२३ को फेब्रुअरीमा आएको चक्रवातको कारण न्युजिल्याण्डको पुर्वीय भुभागमा ठुलो क्षती पुगेको थियो । चक्रवातको कारण ११ जनाको ज्यान गएको थियो ।