न्युजिल्याण्डमा कसरी हेर्ने NPL ?

272 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन न्युजिल्याण्डमा पनि लाइभ हेर्न सकिने भएको छ। यसको प्रसारण अधिकार पाएको डिशहोम गो एप मार्फत न्युजिल्याण्डले एनपीएल हेर्नका लागि प्रति डिभाइस झन्डै १८ न्युजिल्याण्ड डलर (१० अमेरिकी डलर) तिर्नुपर्ने कम्पनीले जनाएको छ।

आगामी नोभेम्बर १७ बाट सुरु हुने एनपीएल दोस्रो सिजनलाई ओटीटी प्लेटफर्मबाट देखाउने अधिकार डिशहोम गोले पाएसँगै विभिन्न देशका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।

खाडी मुलुकमा बसेका दर्शकहरूले एनपीएल हेर्न रु. ५०० तिर्नुपर्नेछ भने अन्य सबै देशका दर्शकहरूले प्रति डिभाइस १० अमेरिकी डलर शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।

भारत र नेपालमा भने एनपीएलका खेल स्टार स्पोर्ट्स टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछन्। एक नेपाली टेलिभिजन च्यानलले पनि प्रसारण गर्ने विषयमा अन्तिम निर्णय शनिबारसम्म लाग्ने जनाइएको छ।

डिशहोम गोका अनुसार हाल केही प्राविधिक काम भइरहेका कारण केही देशमा एप सञ्चालन हुन केही समय लाग्न सक्ने छ।

सम्बन्धित समाचार

सबै