अकल्याण्डमा भोलिदेखि तेन्जिङ हिलारी कप

176 Shares

प्रतिष्ठित फुटबल प्रतियोगिता तेन्जिङ हिलारी कपको ११औँ संस्करण भोलिदेखि सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने यो प्रतियोगिता फेब्रुअरी ७ र ८ तारिखमा McLeod Park मा आयोजना हुनेछ। उपाधिका लागि न्युजील्याण्डभर रहेका विभिन्न नेपाली फुटबल टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। यसका अतिरिक्त प्रतियोगितालाई थप आकर्षक बनाउन ३ मास्टर्स टिम र ३ बालबालिका टिम बीच पनि मैत्रीपूर्ण खेलहरू आयोजना गरिनेछ। ११औँ संस्करणको टेन्जिङ हिलारी कप Tenzing Hillary Cup Committee र Football Club Khukuri को संयुक्त आयोजनामा हुन लागेको हो। प्रतियोगिताले न्युजील्याण्डमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक समितिले खेलप्रेमी दर्शकहरूलाई भोलिदेखि मैदानमा उपस्थित भई खेलको रोमाञ्चक क्षणहरूको अनुभव लिन आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै