197
Shares
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल खेलमा न्युजिल्याण्डका ओपनर फिन एलेनले ३३ बलमै शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। यो पुरुष टी–२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक बनेको छ।
विष्फोटक ब्याटिङ प्रस्तुत गरेका एलेनले १० चौका र ८ छक्का प्रहार गरे। उनले केवल १९ बलमै अर्धशतक पूरा गरेका थिए भने त्यसपछि थप १४ बल खेल्दै शतक पूरा गरे।
१३औँ ओभरमा उनले तीन चौका र दुई छक्का प्रहार गर्दै मात्र एकै ओभरमा २४ रन जोडेका थिए। स्कोर बराबरी भइसकेको अवस्थामा एलेनले पाँचौँ बलमा Marco Jansenलाई चौका प्रहार गर्दै टोलीलाई जित दिलाए र सोही प्रहारसँगै आफ्नो शतक पनि पूरा गरे।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एलेनको यो तेस्रो शतक हो। उनको यो ऐतिहासिक इनिङ्सले न्युजिल्याण्डलाई विश्वकपको फाइनलमा पुर्याउन निर्णायक भूमिका खेलेको छ।