चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको बहुप्रतिक्षित कन्सर्ट नजिकिँदै जाँदा टिकट लगभग सकिन लागेको आयोजकले जनाएको छ। आगामी मे १० तारिख मा अकल्याण्डमा आयोजना हुने उक्त कन्सर्टका लागि अब सीमित टिकट मात्र बाँकी रहेको जानकारी दिइएको हो।
कार्यक्रमको आयोजना लाखे इभेन्ट्सले गर्दैछ। आयोजकका अनुसार नेपथ्यप्रति दर्शकहरूको उच्च उत्साहका कारण टिकट बिक्री तीव्र गतिमा भइरहेको छ र चाँडै नै ‘सोल्ड आउट’ हुने सम्भावना रहेको छ।
नेपथ्यले आफ्नो लोकप्रिय गीतहरू मार्फत अकल्याण्डका नेपाली दर्शकलाई विशेष सांगीतिक अनुभव दिने तयारी गरेको छ। विशेषगरी विदेशमा रहेका नेपालीहरूका लागि यो कन्सर्ट सांस्कृतिक रूपमा समेत महत्वपूर्ण मानिएको छ।
आयोजकले समयमै टिकट सुरक्षित गर्न दर्शकलाई आग्रह गर्दै कार्यक्रम व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग गर्न पनि अनुरोध गरेको छ। टिकट अनलाइन उपलब्ध रहेको जनाइएको छ।
नेपथ्यको यस कन्सर्टले अकल्याण्डमा नेपाली सांगीतिक माहोल थप तातेको छ।


