फेरीबाट खसेका व्यक्तिको जीवित रहन सक्ने सम्भावना न्यून, खोजी कार्य रोकियो

223 Shares

न्युजिल्याण्ड प्रहरीले यस साताको सुरुवातमा इन्टरआइल्यान्डर फेरीबाट समुद्रमा खसेका एक पुरुष जीवित रहेको सम्भावना अत्यन्त न्यून रहेको जनाएको छ।

प्रहरीका अनुसार उक्त व्यक्ति अहिलेसम्म फेला परेका छैनन् भने खोज तथा उद्धार कार्यसमेत स्थगित गरिएको छ।

वेलिङ्टन जिल्ला कमाण्डर सुपरिन्टेन्डेन्ट पेनी गिफोर्डले मंगलबार बिहान करिब २:२० बजे उक्त व्यक्तिको हराइरहेको जानकारी प्राप्त भएको बताइन्। उनका अनुसार सो समय फेरी पूर्ण रूपमा यात्रुहरूले भरिएको थियो।

“सवारीसाधन झार्ने प्रक्रिया करिब ५० मिनेट लागेको थियो। उक्त प्रक्रिया समाप्त भएपछि पनि एउटा सवारी साधन जहाजमै बाँकी रहेको पाइयो, त्यसपछि जहाजका कर्मचारीले सो सवारीसँग सम्बन्धित व्यक्तिको खोजी सुरु गरेका थिए,” गिफोर्डले भनिन्।

तर व्यापक खोजीका बाबजुद पनि ती व्यक्ति फेला नपरेपछि अहिले उद्धार कार्य रोकिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित समाचार

सबै