523
Shares
न्युजिल्याण्डको अकल्याण्डमा नेपाली नयाँ वर्ष को अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। आगामी अप्रिल १४ तारिखका दिन “Nepali New Year Fest” कार्यक्रम आयोजना गर्न लागिएको हो।
दाजुभाइ प्रोडक्सनको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। साथै, हास्य कलाकार विशाल गौतम को विशेष कमेडी प्रस्तुति समेत रहने कार्यक्रम रहेको छ।
कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। विदेशमा रहेका नेपालीहरूबीच नयाँ वर्षको उत्साह साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम Mahatma Gandhi Centre (महात्मा गान्धी हल) मा आयोजना हुने आयोजकले जानकारी दिएको छ।