घरेलु मैदानमै पराजित भयो बार्सिलोना

296 Shares

लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

सबै