न्युजिल्याण्डमा करिब ६५० जना चालकलाई पुनः ड्राइभिङ परीक्षण दिनुपर्ने भएको छ। NZ Transport Agency (एनजेडटीए) ले गरेको अनुसन्धानपछि १६ जना ड्राइभिङ परीक्षण अधिकारीलाई निलम्बन गरिएको छ भने थप सात जनालाई कामबाट अलग गरिएको छ।
एनजेडटीएका अनुसार केही परीक्षण आवश्यक मापदण्डअनुसार सञ्चालन नभएको आशंका छ, जसका कारण केही चालक सुरक्षित रूपमा सवारी चलाउन सक्षम नहुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
एनजेडटीएले निलम्बित अधिकारीहरूले सञ्चालन गरेका परीक्षणमा उत्तीर्ण भएका करिब ६५० चालकलाई पुनः परीक्षणका लागि सम्पर्क गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने बताइएको छ।


