बाक्लो हुस्सुका कारण अकल्याण्ड विमानस्थलमा ४० उडान रद्द

47 Shares

अकल्याण्डमा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि अकल्याण्ड विमानस्थलबाट हुने दर्जनौँ क्षेत्रीय उडान प्रभावित भएका छन्।

अकल्याण्ड विमानस्थलमा लागू गरिएको उडान प्रतिबन्धका कारण बिहान  ८:३०  बजेसम्म ३७ वटा क्षेत्रीय उडान प्रभावित भएका छन्।

विमानस्थलको पछिल्लो उडान तालिकाअनुसार हुस्सुका कारण ९ वटा क्षेत्रीय प्रस्थान उडान रद्द भएका छन् भने थप ५ वटा उडान ढिला भएका छन्।

त्यस्तै, विमानस्थलमा अवतरण गर्ने १० वटा क्षेत्रीय उडान रद्द गरिएका छन् भने थप १३ वटा आगमन उडान ढिला भएका छन्।

अकल्याण्ड विमानस्थलका प्रवक्ताका अनुसार हालसम्म अन्तर्राष्ट्रिय तथा मुख्य ट्रंक रुटका घरेलु उडानहरू भने प्रभावित भएका छैनन् र ती उडानहरू निर्धारित समयअनुसार सञ्चालन हुनेछन्।

बाक्लो हुस्सुका कारण भिजिबिलिटि कम हुँदा विमानस्थलमा उडान सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको हो। यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै