युक्रेनलाई न्युजिल्याण्डको तर्फबाट साढे ४ मिलियन डलरको सहयोग – New Zealand News Nepal (NZ News Nepal)

युक्रेनलाई न्युजिल्याण्डको तर्फबाट साढे ४ मिलियन डलरको सहयोग

   June 27, 2022  

रुससँगको युद्धका कारण प्रभावित बनेको युक्रेनलाई न्युजिल्याण्डले थप साढे ४ मिलियन डलर सहयोग गर्ने भएको छ । न्युजिल्याण्डले स्पेनमा जारी नेटो सम्मेलनको ट्र्स्ट फण्डमा यो सहयोग दिने निर्णय गरेको हो । यो रकम युक्रेनी आर्मीलाई आवश्यक पर्ने स्वास्थ्य समाग्री, इन्धन, संचार क्षेत्रमा खर्च हुने छ । यसअघि मार्चमा न्युजिल्याण्डको तर्फबाट युक्रेनलाई सवा ४ मिलियन डलर सहयोग प्रदान गरिसकेको छ ।