366
Shares
न्युजिल्याण्डका उपप्रधानमन्त्री ग्रान्ट रोबेर्टसनलाई कोरोना संक्रमण भएको छ । उनले फेसबूक मार्फत आफुलाई कोरोना पोजिटिव देखिएको जानकारी दिएका हुन् । प्रधानमन्त्री जसिन्डा आर्डेन यूरोप भ्रमणमा रहेको बेला कायममुकायम प्रधानमन्त्रीको जिम्मा रोबेर्टसनलाई दिईएको छ । रोबेर्टसनले आफुलाई सामान्य लक्षण देखिएको र आफु हाल प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेकोले घर मै बसेर काम गर्ने बताएका छन् ।