न्युजिल्याण्डमा आज ६ महिना यताकै सबैभन्दा कम कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ९८१ जनामा कोरोनाको संक्रमण देखा परेको हो । गत फेब्रुअरी १५ मा न्युजिल्याण्डमा एक हजार भन्दा कम कोरोना संक्रमित थपिएका थिए । त्यस यता दैनिक एक हजार भन्दा बढीलाई कोरोना लागिरहेको थियो । सरकारले कोरोना नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरु बारेमा भोली बस्ने मन्त्रीपरिषद बैठक रिभ्यु गर्ने छ । सम्भवत: सरकारले ट्राफिक लाईट सिस्टमलाई खारेज गर्ने तयारी गरेको स्रोतले बताएको छ ।


