504
Shares
Voice of Nepal सिजन ३ मा बिजेता गायक किरण गजमेर यती खेर न्युजिल्याण्डमा छन् । पारिवारिक भ्रमण तथा सांगितिक कार्यक्रमका लागि उनी केही दिन अगाडि न्युजिल्याण्ड आएका हुन् । भुटानी मुलका नेपाली गायक गजमेर अहिले Christchurch मा छन् । उनको Christchurch मा आज सांगितिक कार्यक्रम आयोजना हुँदै छ । केही दिन पालमेर्शन नर्थ बसेर आज Christchurch पुगेका हुन् । उनको न्युजिल्याण्डमा केही भुटानी मुलका नेपाली आफन्तहरु रहेको बुझिएको छ । गजमेरले भुटानी नेपाली समाजले आयोजना गर्ने केही कार्यक्रममा आफ्नो प्रस्तुती दिने छन् ।