नेसास साहित्य सेवा सम्मान २०२२ बाट गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड सम्मानित

355 Shares

नेपाली साहित्य समाज न्युजिल्याण्डले नेपाली भाषा र साहित्यको प्रवर्धनमा पुर्याउदै आएको बिशिष्ट योगदानको उच्च कदर गर्दै गैर आवासीय नेपाली संघ न्युजिल्यान्डलाई  यस बर्षको नेसास साहित्य सेवा सम्मान २०२२ बाट सम्मानित गरेको छ । त्यस्तै संस्थाले  नेपाली साहित्य सेवा सम्मानबाट न्युजिल्यान्ड नेपाल सोसाइटी र न्युजिल्यान्ड नेपाल एसोसिएसनलाई पनि सम्मान गरेको छ । नेपाली साहित्य समाज न्युजिल्याण्ड र गैर आवासीय नेपाली संघ न्युजिल्याण्डको आयोजनामा क्राइस्टचर्चमा सम्पन्न लक्ष्मी जयन्ती समारोहको अवसर पारेर यि संस्थालाई सम्मान गरिएको हो ।

समाजका संस्थापक अध्यक्ष कवि पशुपति कर्माचार्यलाई नेपाली साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित गरेको छ ।  कवि पशुपति कर्माचार्यका यादका आयामहरू, मुटुमा बुद्ध बोकेर, समानताको चिराग बोकेर कविता संग्रह र फूलका थुङ्गा, रुखमा बुद्ध हाइकु संग्रह गरी पाँच वटा कृति प्रकाशित छन् ।

 

सम्बन्धित समाचार

सबै