कतारमा आइतबार सुरु भएको २२ औं संस्करणको फिफा विश्वकपमा सोमबार तीन खेल हुँदैछ । पहिलो खेल समूह बी मा रहेको इंग्ल्याण्ड र इरानबीच खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ७ बजे सुरु हुनेछ ।
कतारमा आइतबार सुरु भएको २२ औं संस्करणको फिफा विश्वकपमा सोमबार तीन खेल हुँदैछ । पहिलो खेल समूह बी मा रहेको इंग्ल्याण्ड र इरानबीच खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ७ बजे सुरु हुनेछ । ग्यारेथ साउथगेटको टिम इरान विरुद्ध ३ अंक जोड्नेमा विश्वस्त छ । तर इरानले उनीहरुलाई चुनौती दिन सक्नेछ । विश्वकपमा जानुअघि इंग्ल्याण्डको प्रदर्शन खासै राम्रो छैन । इंग्ल्याण्डले खेलेको पछिल्ला ५ खेलमा तीन खेलमा पराजित भएको थियो भने दुई खेल जितेको थियो ।
इरानले भने विश्वकप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै १० मध्ये ८ खेल जितेको थियो । पछिल्ला ५ खेलमा इरानले ३ खेल जितेको छ भने एकमा बराबरी र एकमा हारको नतिजा छ । समूह बी मा रहेका चारवटै टिम फिफा वरीयतामा शीर्ष २० मा रहेकोले यस समूह वरियता अनुसार हेर्ने हो भने कठिन समूह देखिन्छ । इंग्ल्याण्ड पाँचौ र इरान २०औं स्थानमा छ । यस समूहमा रहेका अन्य दुई टोली अमेरिका १६ औं र वेल्स १९ औं स्थानमा छन् । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेयता इंग्ल्याण्डले केही जित्न सकेको छैन । त्यसैले कतारमा ५६ वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यमा इंग्ल्याण्ड छ ।