न्युजिल्याण्डको पापामोवामा रहेका नेपालीहरुले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको सम्झनामा दिपप्रज्वलन गरेका छन् ।
पापामोवाको Gordan Sprrat Reserve, Papamoa मा नेपालीहरु भेला भएर दिपप्रज्वलन गरेका हुन् ।

कार्यक्रममा सहभागिहरुले पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गर्दै मृतकका परिवार प्रति समवेदना प्रकट गरेका थिए । फुलको गुच्छा र मैन बत्ती सहित उपस्थितले नेपालमा भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
कार्यक्रमको संयोजन केश गुरुङले गरेका थिए । कार्यक्रममा न्युजिल्याण्डका लागि नेपाली वाणिज्य दुत आत्मराम खनालको समेत उपस्थिती थियो ।

Nepalese Association in Bay of Plenty New Zealand Inc., NABOP Badminton, Nepalese Warriors Football Club, Bay Of Plenty, DANPHE CRICKET CLUB BOP, TAMU DHEE New Zealand को सहकार्यमा गत जनवरी २१ तारिकका दिन श्रद्दान्जली सभा आयोजना गरिएको थियो ।
माघ १ गते पोखरामा यती एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो ।


तस्बिर: भुपाल गुरुङ