273
Shares
उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन्। तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन्।
कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो। तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन्।