फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ। उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहेको जनाइएको छ। सन् २०२२ मा पहिलो नम्बरमा रहेका एलन मस्क यसपल्ट दोस्रोमा झरेका छन्। उनीसँग १८० अर्ब डलर सम्पत्ति रहेको छ। सन् २०२१ मा २१९ अर्ब डलर रहेका यसैगरी चौथो नम्बरमा जेप बेजोन्स रहेका छन्। उनीसँग १०७ अर्ब डलर सम्पति रहेको छ। पाँचौंमा वारेन बफेट १०६ अर्ब डलर, छैटौं बिल गेट्स १०४, सातौं माइकल ब्लुमबर्ग ९४.५ अर्ब, आठौं कार्लोस स्लिम हेलु र परिवार ९३ अर्ब, नवौं भारतीय व्यवसायी मुकेश अम्बानी ८३.४ अर्ब र दशौंमा स्टेभ बालमेर ८०.७ अर्ब सम्पत्तिसहित रहेका छन्।उनले यस वर्ष घाटा व्यहोरेका हुन्। अमेरिकाका जेफ बेजोस तेस्रो नम्बरमा पुगेका छन्। प्रविधिमा लगानी रहेका उनले पनि यसवर्ष हानी व्यहोरेका छन्।