न्युजिल्याण्ड सरकारले युवाहरुमा बढ्दो भेप अर्थात ई सिगरेटको प्रयोगलाई नियन्त्रणमा लिन नयाँ नियमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्स र स्वास्थ्य मन्त्री डा. आयशा भेरलले भेप प्रयोगका नयाँ नियमहरु बारे जानकारी गराएका हुन् । मन्त्री भेरलका अनुसार भेप नियन्त्रण गर्न सरकार कठोर बनेको छैन किनकी भेप धुम्रपान गर्नेका लागि एउटा बिकल्पको रुपमा रहेको छ । मानिसहरूलाई धुम्रपान छाड्न मद्दत गर्नमा भेप महत्त्वपूर्ण रहेको भन्दै भेरलले भेप प्रयोगलाई सरल नै राख्ने सरकारको योजना रहेको बताईन् । यद्दपी भेप प्रयोग नियन्त्रण गर्न भने सरकारले केही नियम ल्याएको छ ।
डिस्पोजेबल वा एकल-प्रयोग भेपहरु नोभेम्बरदेखि बिक्री गर्न नपाईने भएको छ त्यस्तै पुन: प्रयोग गर्न मिल्ने भेपहरु अर्को वर्ष मार्चदेखि बेच्न प्रतिबन्ध लगाईएको छ । मार्च पछि बेच्ने भेपहरुमा बदल्न मिल्ने ब्याट्रीहरू समावेश भएको हुनु पर्ने छ ।
त्यस्तै नयाँ खोलिने भेप पसलहरु विद्यालय र माओरी समुदायको प्राथना गर्ने स्थान मराय भन्दा ३०० मिटर पर खोल्नु पर्ने छ ।


