साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

163 Shares

जुन २१ बाट भारतको बेङ्ग्लुरुमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार क्षेत्रीय फुटबल च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपकामा नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। नेपालले जुन २१ (असार ६ गते) मा कुवेतसँग खेल्नेछ भने जुन २४ ( असार ९ गते) मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल जुन २७ (असार १२) मा पाकिस्तानसँग खेल्नेछ। च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन १५ (जेठ ३२) मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

अन्तिम टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की , विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ , अनन्त तामाङ, देवेन्द्र तामाङ , निशान्त खड्का , रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः पुजन उपरकोटी , एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु , आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट , मनिष डाँगी, आशिष चौधरी  , विमल घर्ती मगर

सम्बन्धित समाचार

सबै