वेष्ट इण्डिजविरुद्ध सन्दिपले लिए तेस्रो विकेट

243 Shares

आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा सन्दिप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।

ब्रान्डोनले ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए।

यसअघिका दुई खेलमा कुनै विकेट लिन नसकेका सन्दीपले वेष्ट इण्डिजविरुद्ध महत्वपुर्ण विकेट लिएका हुन्।

यसअघि चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए।

सम्बन्धित समाचार

सबै