एसिया कप: भारतसामु २३१ रनको लक्ष्य, वर्षाले खेल प्रभावित

233 Shares

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ।  श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो। १० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो।

नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ।  नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो। २.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।

सम्बन्धित समाचार

सबै