न्युजिल्याण्डको सबैभन्दा ठुलो शहर अकल्याण्डमा आउँदो केही महिना बिभिन्न बलिउडका कार्यक्रम हुने भएको छ ।
प्रसिद्द बलिउड गायक तथा गायिकाहरु आफ्नो प्रस्तुती दिन न्युजिल्याण्ड आउँदै छन् । बिभिन्न चर्चित गायक गायिकाको कन्सर्ट छुट्टाछुट्टै आयोजना हुन लागेको हो ।
आउदो फेब्रुअरी २ तारिकका दिन पाकिस्तानी गायक आतिफ अस्लम अकल्याण्डको ट्रस्ट एरिनामा आफ्नो प्रस्तुती दिदैँ छन् ।
त्यस्तै अर्की प्रसिद्द गायिका सुनिधी चौहानले सोही स्थानमा १० फेब्रुअरीमा दर्शकलाई झुमाउने भएकी छिन् ।
त्यस्तै फेब्रुअरी २३ तारिकका दिन अर्का पाकिस्तानी गायक राहत फ़तेह अली खान पनि न्युजिल्याण्डमा आफ्नो जस्ट कवाली नामको कार्यक्रम लिएर आउँदै छन् ।
अर्का संगितकार जोडी बिशाल शेखर पनि आउदो मार्च १६ तारिकका दिन अकल्याण्ड तताउन आउँदै छन् ।
ट्रस्ट एरिनामा नै अर्का चर्चित बलिउड गायक कुमार सानु पनि आउँदै छन् । कुमार सानुको कार्यक्रम भने अप्रिल २५ तारिकका दिन आयोजना गरिने भएको छ ।
त्यस्को दुई दिन पछि बलिउड गायक कैलाश खेर पनि आफ्नो एकल साझँ लिएर अकल्याण्ड आउँदै छन् ।
कोरोना महामारी अन्त्य सँगैँ न्युजिल्याण्डमा बलिउड कार्यक्रमहरु पुन: आयोजना हुन थालेको हो ।