न्युज हब बन्द हुँदा ३०० कर्मचारी बेरोजगार हुने

323 Shares

न्युजिल्याण्डको अग्रणी समाचार संस्था न्युज हब बन्द हुने भए पछि त्यहाँ कार्यरत ३०० कर्मचारी बेरोजगार हुने भएका छन् ।

टिभी विज्ञापनमा गिरावट र हेर्ने बानीमा परिवर्तन आएको कारण बताउदै न्युज हबले हिजो संस्था बन्द गर्ने निर्णय गरेको थियो । सम्पूर्ण कर्मचारीहरुलाई हिजो बिहानै अत्यन्त जरुरी मिटिङमा सहभागी हुनु भनेर सुचना पठाईएको थियो । त्यसै अनुरुप बिहान १० बजे बसेको बैठकमा न्युजहबमा मालिकले आफुहरुले संस्था बन्द गर्न लागेको र त्यस्को लागि अग्रिम सुचना दिएको बताएका थिए । उनले जुन ३० बाट न्युज हब बन्द हुने भन्दै आफ्नो नयाँ काम खोज्नको लागि कर्मचारीलाई अनुरोध समेत गरेका थिए ।

न्युजहब बन्द हुने भएपछि कर्मचारीमा निरासा छाएको छ ।

 

सम्बन्धित समाचार

सबै