भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन दुई दिने भ्रमणका क्रममा न्युजिल्याण्ड आईपुगेका छन् ।
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री चीनलाई स्वागत गरेका थिए । माओरी पारम्पारिक तरिकाले प्रधानमन्त्री र उनकी पत्नीलाई न्युजिल्याण्डमा स्वागत गरिएको छ । आईतबार न्युजिल्याण्ड आईपुगेका चिनले आज सोमबार प्रधानमन्त्री लक्सनसँग औपचारिक भेट गरेका छन् । भेट ]मा दुई देशबिच झन्डै ५० वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्ध, व्यापारिक सम्झौताका बिषयमा कुराकानी भएको थियो । न्युजिल्याण्डका लागि भियतनाम १४ औँ ठुलो व्यापारिक साझेदार देश रहेको छ । न्युजिल्याण्डमा करिब ८ हजार भेयतनामका नागरिक बस्ने गरेका छन् । प्रधानमन्त्री चिन अष्ट्रेलियाको एक कार्यक्रममा सहभागि भएर न्युजिल्याण्डको दुई दिने भ्रमणका लागि आएका हुन् । उनी आजै स्वदेश फर्केका छन् ।