South Island: क्यान्टरबरीमा सडक दुर्घटना हुँदा ३ जनाको मृत्‍यु, २ जना घाईते – New Zealand News Nepal (NZ News Nepal)

South Island: क्यान्टरबरीमा सडक दुर्घटना हुँदा ३ जनाको मृत्‍यु, २ जना घाईते

   August 22, 2024  

दक्षिण क्यान्टरबरीमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो सवा ३ बजे स्टेट हाईवे ७९ मा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जनाको घटनास्थलमा नै मृत्‍यु भएको हो ।

मृत्‍यु हुनेहरु एउटै गाडीमा सवार रहेका थिए । प्रहरीले मृतकहरुको परिचय भने खुलाएको छैन ।

सोही गाडीमा सवार एक जनाको जिवितै उद्दार गरिएको छ ।

त्यस्तै अर्को गाडीमा भने एक जना मात्र सवार भएको र उनी गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।

घाईतेहरुलाई तत्काल हेलिकप्टर मार्फत क्राइसचर्च लगिएको प्रहरीले जनाएको छ ।