१५ महिना अगाडि न्युजिल्याण्ड आएका एक नेपालीको दुर्घटनामा मृत्‍यु – New Zealand News Nepal (NZ News Nepal)

१५ महिना अगाडि न्युजिल्याण्ड आएका एक नेपालीको दुर्घटनामा मृत्‍यु

   March 26, 2024  

न्युजिल्याण्डको साउथ आईल्याण्डस्थित ओमारुमा सवारी दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।
ओमारु स्थित एक डेरी फार्ममा काम गर्ने ३३ वर्षका सुरेन्द्र सर्बरियाको मृत्‍यु भएको हो ।
गत शुक्रबार (मार्च २२) बिहान काममा जाने क्रममा उनको गाडी अनियन्त्रित भई दुर्घटना भएको न्युजिल्याण्डस्थित नेपाली वाणिज्य दुत आत्माराम खनालले एन्जेड न्युजलाई जानकारी दिनु भएको छ । खनालका अनुसार मृतक सर्बरिया १५ महिना अघि न्युजिल्याण्ड आएका थिए । उक्त घटनाबारे वाणिज्य दुतावासको तर्फबाट नेपालमा रहेका परिवारलाई जानकारी दिईएको छ । धनुषा जिल्ला शाहिदनगर नगरपालिका घर भएका सर्बरियाको शव हाल पोस्टमार्टमका लागि डुनेडिन अस्पतालमा राखिएको छ । परिवारको ईच्छा अनुसार मृतकको शव नेपाल पठाउन आवश्यक आर्थिक सहयोगको बारेमा गैर आवसिय नेपाली संघ न्युजिल्याण्डसँग समन्वय गर्ने तयारी रहेको खनालले जानकारी दिनु भएको छ ।

यस अघि मृतक १५ महिना अगाडि न्युजिल्याण्ड आएको हुनु पर्नेमा अन्यथा भएकाले सच्चाईएको छ  ।