हनी सिंहले झुमाए अकल्याण्ड, अदनान सामी अक्टोबरमा आउँदै – New Zealand News Nepal (NZ News Nepal)

हनी सिंहले झुमाए अकल्याण्ड, अदनान सामी अक्टोबरमा आउँदै

   September 14, 2024  

बलिवुड चर्चित पप गायक हनी सिंहले शनिबार अकल्याण्डको ट्रस्ट एरिनामा आफ्नो प्रस्तुती दिएका छन् । हजारौँको संख्यामा सहभागी भएका संगितप्रेमी माझ हनी सिंहले आफ्ना चर्चित गीत गएका थिए । कोभिड यता न्युजिल्याण्डमा बलिवुड सांगितिक कार्यक्रम बाक्लै रुपमा हुँदै आएको छ । २०२२ यता बिभिन्न कलाकारहरु न्युजिल्याण्डमा आफ्नो प्रस्तुती दिन आएका छन् । चर्चित बलिवुड सांगितिक कलाकार सोनु निगम, आतिफ अस्लम, राहत फतेह खान, फाल्गुनी पाठक, सुनिधी चौहान, कैलाश खेर, बिशाल र शेखर लगायतले न्युजिल्याण्डमा आफ्नो प्रस्तुती दिईसकेका छन् । त्यस्तै अर्का चर्चित गायक अददान सामी अर्को महिना न्युजिल्याण्ड आउँदै छन् । अक्टोबर १८ का दिन अकल्याण्डमा सामीले आफ्नो प्रस्तुती दिदै छन् ।