४ वर्ष पछि डुनेडिन- अष्ट्रेलिया हवाई उडान सुरु हुँदै – New Zealand News Nepal (NZ News Nepal)

४ वर्ष पछि डुनेडिन- अष्ट्रेलिया हवाई उडान सुरु हुँदै

   September 16, 2024  

साउथ आईल्याण्डको डुनेडिन शहर र अष्ट्रेलियाबिच हवाई उडान पुन: सुचारु हुने भएको छ ।
सन् २०२० मा कोभिडको कारण बन्द भएको डुनेडिन र अष्ट्रेलियाबिचको हवाई सेवा अर्को वर्षबाट सुरु हुन लागेको हो ।
जेट स्टार एयरलाईन्सले आउदो जुन २०२५ बाट डुनेडिन र अष्ट्रेलियाको गोल्ड कोस्टबिच हवाई सेवा संचालन गर्न लागेको हो ।
हफ्तामा ३ दिन मंगलबार, बिहीवार र शनिबार उडान हुने जेट स्टारले जनाएको छ । सन् २०२० अगाडि डुनेडिनबाट अष्ट्रेलियाको ब्रिसबेनसम्म सिधा हवाई उडान हुँदै आएको थियो । भेर्जिन अष्ट्रेलिया एयरलाइन्सले कोभिडको कारण देखाउदैँ सो उडान बन्द गरेको थियो ।