के हो ‘तेल भिसा’ ? न्युजिल्याण्डमा उत्पत्ति भएको थियो ‘तेल भिसा’ शब्द ! – New Zealand News Nepal (NZ News Nepal)

के हो ‘तेल भिसा’ ? न्युजिल्याण्डमा उत्पत्ति भएको थियो ‘तेल भिसा’ शब्द !

   November 17, 2024  

नेपाल लगायत बिदेशमा पनि अहिले एउटा चलचित्रको चर्चा सुरु भएको छ ।
नोभेम्बर २२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र तेल भिसाको नामलाई लिएर अहिले चलचित्र भन्दा बढी चर्चा हुने गरेको छ ।
बिदेश बस्ने कतिपयले यो चलचित्रको नामलाई लिएर आपत्ति जनाएको कुरा सामाजिक सन्जालबाट प्रस्ट हुन्छ ।

तर तेल भिसा शब्दको बारेमा भने एउटा रोचक कुरा बाहिर आएको छ । चलचित्रको अभिनेत्री समेत रहेकी रिचा घिमिरे तेल भिसा शब्द र यस्को भईरहेको बिरोधको बारेमा स्पस्ट पारेकी छिन् ।
रिचाका अनुसार तेल भिसा शब्दको उत्पत्ती कलाकार राजाराम पौडेलले गरेका हुन् र यो शब्द उनले न्युजिल्याण्डमा प्रहंसगको बेला पहिलो पटक प्रयोग गरेका थिए ।
रिचाले पत्रकारहरुसँग कुरा गर्दै भनेकी छिन् , ‘ तेल भिसा शब्द खास मैले सुने अनुसार राजाराम पौडेलले न्युजिल्याण्डमा स्टान्डअप कमेडी गर्नु भएको थियो ,  त्यहाँ प्रोग्राम हेर्न आउने हजुरबुवा हजुर आमालाई रोस्ट गर्न हेर तेल भिसामा आएकाहरु भन्नु भएको थियो रे’ ।

रिचाले तेलभिसा शब्द रमाईलो र व्यङगात्मक भएको पनि बताईन् । तेल भिसा टाईटल चलचित्र हेरे पछी मात्र सान्दर्भिक लाग्ने उनले बताईन् ।