नेल्सनको नेपाली समाज सक्रिय बन्दै , भजन किर्तन देखि डि.जे. नाईट कार्यक्रम गर्ने योजना – New Zealand News Nepal (NZ News Nepal)

नेल्सनको नेपाली समाज सक्रिय बन्दै , भजन किर्तन देखि डि.जे. नाईट कार्यक्रम गर्ने योजना

   March 31, 2025  

न्युजिल्याण्ड्को साउथ आईल्याण्ड्मा रहेको नेल्सन शहरमा रहेको नेपाली समाज संस्था नेल्सन नेपालीज कम्युनिटिले आगमी एक वर्ष सम्म्का योजना बारे आफ्नो कार्यसमिती बैठक्मा छलफल गरेको छ । आईतबार नेल्सन्को एन्ज्याक पार्क्मा बसेको नया कार्यसमितिको पहिलो बैठकमा बिभिन्न शिर्षकमा छलफल भएको हो । बैठकले नयाँ सदस्य दर्ता प्रकृयाको बारेमा निर्णय गरेको छ । त्यस्तै संस्थाको जोईन्ट सेक्रेटरिमा सदस्य सन्तोष जिसिलाई सर्वसम्मतिले नियुक्त गरेको छ । पहिलो बैठकमा बिभिन्न उपसमितिहरु पनि गठन गरेको छ । संस्थाले आगमी वर्षको लागी क्यालेन्डर समेत बनाएको छ , जस अन्तर्गत संस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रमको बारेमा छलफल गरिएको छ । आउदै गरेको नया वर्ष को अवसर मा शुभ कामना आदन प्रदान तथा चिया पान कार्यक्रम आयोजना हुने भएको छ । त्यस्तै तिज कार्यक्रम, महिला दिवसमा बिशेष कार्यक्रम , युथ नाईट, दशै कार्यक्रम,  देउसी भैलो कार्यक्रम, स्पोर्ट्स विक , फ्यामिली डे आउट्, मुभी नाईट , होली कार्यक्रम समेत आयोजना गरिने भएको छ । बैठकमा बिभिन्न धार्मिक अवसर पारेर भजन किर्तनको पनि आयोजना गर्ने बारे छलफल भएको छ । त्यस्का लागी निकट भविष्यमा नेपाली भजन मन्डली टोलिको पनि गठन गरिने भएको छ ।