नेल्सनपछि अब अकल्याण्डमा पनि ‘युथ नाइट’ – New Zealand News Nepal (NZ News Nepal)

नेल्सनपछि अब अकल्याण्डमा पनि ‘युथ नाइट’

   June 9, 2025  

न्युजील्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा युथ नाइट आयोजना हुने भएको छ। कुमारी इभेन्ट्सको आयोजनामा आउँदो जुलाई २० तारिखका दिन अकल्याण्डमा भव्य युथ नाइट कार्यक्रम हुन गइरहेको हो। नेपाली युवाहरुलाई लक्षित उक्त कार्यक्रममा नेपाली गीत–संगीतमा डिजे सहित नाचगान, रमाइलो, मनोरञ्जन र सांगीतिक माहोल रहने आयोजकले जनाएका छन्। यसअघि पनि साउथ आइल्याण्डको नेल्सनमा यस्तै कार्यक्रम सम्पन्न भइसकेको थियो। युवाहरुलाई एकआपसमा भेटघाट, नेटवर्किङ र नेपाली संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।