क्राइस्टचर्चमा हराएकी महिला मृत फेला – New Zealand News Nepal (NZ News Nepal)

क्राइस्टचर्चमा हराएकी महिला मृत फेला

   September 19, 2025  

क्राइस्टचर्चको स्कारबरोबाट बुधबार हराएकी ६६ वर्षीया महिलाको शव फेला परेको छ। उनको नाम ट्रेसी भएको प्रहरीद्वारा सार्वजनिक गरिएको छ।

ट्रेसी बुधबार करिब १:२० बजे हराएकी थिइन्। उनको टेस्ला गाडी टायलर्स मिस्टेक रोडमा करिब २ बजे फेला परेको थियो, तर ट्रेसीको अवस्था अज्ञात रहेको थियो।

उनको खोजीमा प्रहरीले ठूलो प्रयास गरेको थियो। खोजी कार्यमा प्रहरी, सर्च र रेस्क्यु स्वयंसेवक, फायर एन्ड इमरजेन्सी, र सम्नर कोस्टगार्डका स्वयंसेवकहरू संलग्न थिए।

ट्रेसीको शव बिहीबार साँझ फेला परेको थियो। प्रहरीले उनको मृत्युमा कुनै आपराधिक शंका नदेखिएको र यसलाई कोरोनरको कार्यालयमा पठाइने जनाएको छ।