165
Shares
अक्सफोर्ड अंग्रेजी शब्दकोशको संस्करणमा न्यूजिल्याण्डमा प्रचलित ११ वटा अंग्रेजी र ते रेओ माओरी शब्द थपिएका छन्।
‘Sweet as’, ‘mōrena’, ‘cuzzy bro’ र ‘rark up’ जस्ता शब्दहरू न्यूजिल्याण्डमा प्रचलित बोलिचालीका शब्दको सूचीमा पर्दछन्, जसलाई अक्सफोर्ड युनिभर्सिटी प्रेसले विश्वभर अंग्रेजी भाषाको विकासलाई ट्र्याक गर्ने प्रयासको भागस्वरूप शब्दकोशमा समावेश गरेको हो।
अक्सफोर्ड युनिभर्सिटी प्रेसले विज्ञप्तिमा भनेको छ कि अङ्ग्रेजी शब्दकोशमा ते रेओ माओरीका शब्द थप्नु न्यूजिल्याण्ड अंग्रेजीमाथि ते रेओ माओरी भाषाको प्रभावलाई स्वीकार गर्नु हो।