नेपाली चलचित्र आ बाट आमा न्युजिल्याण्डका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ। यसअघि गत फेब्रुअरी २१ मा Ashburton मा चलचित्र प्रदर्शन गरिएको थियो भने फेब्रुअरी २२ मा Nelson मा पनि दर्शकले चलचित्र हेर्ने अवसर पाएका थिए ।
आज अर्थात् फेब्रुअरी २८ मा चलचित्र Palmerston North मा प्रदर्शन हुँदैछ। त्यहाँको Event Cinemas Palmerston North मा साँझ ८:३० बजे चलचित्र प्रदर्शन हुने छ।
यसैगरी, आगामी मार्च ६ मा Invercargill स्थित Reading Cinemas Invercargill मा साँझ ६ बजे चलचित्र प्रदर्शन गरिनेछ। साथै, चलचित्र मार्च ७ मा Christchurch र Auckland मा पनि प्रदर्शन हुने तालिका रहेको छ।


