न्युजिल्याण्डको ह्यामिल्टनमा नेपाली युवाहरूको सहभागितामा ‘युथ नाइट’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल–न्युजिल्याण्ड वाइकाटो फ्रेन्डसिप सोसाइटीको आयोजनामा शुक्रबार ह्यामिल्टनस्थित Cloud 9 Shisha Bar Eatery मा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वाइकाटो र बे अफ प्लेण्टी क्षेत्रबाट आएका धेरै नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली गीत–संगीतमा नाचगान गर्दै कार्यक्रमको भरपूर आनन्द लिएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य न्युजिल्याण्डमा रहेका नेपाली युवाहरूलाई एकआपसमा भेटघाट गर्ने, सांस्कृतिक सम्बन्ध बलियो बनाउने तथा मनोरञ्जन प्रदान गर्ने रहेको थियो।
कार्यक्रममा नेपाली डिजे संगीत, नृत्य तथा अनौपचारिक भेटघाटले वातावरण निकै रमाइलो बनेको सहभागीहरूले बताएका छन्।


