न्युजिल्याण्डमा मातृभाषा बिशेष साहित्यिक कार्यक्रम हुने भएको छ । नेपाली साहित्य समाज न्युजिल्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । यही मार्च १९ शनिबारका दिन दिउसो २ बजे कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा नेपालमा बोलिने बिभिन्न मातृभाषामा साहित्यिक रचना वाचन हुने छन् । उक्त कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्न चाहने स्रष्टाहरुले नेपाली साहित्य समाज न्युजिल्याण्डका पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्ने छन् । संस्थाको पदाधिकारीहरुमा अध्यक्षमा डा बिरेन्द्र केसी, संयोजक तथा सहजकर्तामा बाबुराजा महर्जन, उपाध्यक्षमा युवराज भण्डारी र नमिता दवाडी र महासचिवमा बिपिन्द्र कोइराला रहेका छन् ।


