अकल्याण्डमा हुने नेपाल फेस्टिभलमा गायक प्रकाश सपुतको प्रस्तुति रहने – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा हुने नेपाल फेस्टिभलमा गायक प्रकाश सपुतको प्रस्तुति रहने

   March 12, 2026  

न्युजिल्याण्डको अकल्याण्डमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ मा चर्चित नेपाली गायक प्रकाश सपुतले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्।

आयोजक न्युजिल्याण्ड नेपाल सोसाईटीका अनुसार आगामी अप्रिल ११ मा हुने नेपाल फेस्टिभलमा प्रकाश सपुतले लाइभ प्रस्तुति दिने कार्यक्रम तय गरिएको हो।

लोक तथा समसामयिक गीतहरूका कारण निकै लोकप्रिय रहेका सपुतका गीतहरू “गलबन्दी”, “बदला बरिलै”, “पीर” लगायतले नेपालसहित विदेशमा रहेका नेपाली समुदायमा ठूलो चर्चा पाएका छन्।

न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका लागि आयोजना हुने नेपाल फेस्टिभलमा सांस्कृतिक कार्यक्रम, नेपाली खानाका स्टल, कला–संस्कृतिको प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहनेछन्।