प्रसिद्ध नेपाली ब्यान्ड नेपथ्यको अकल्याण्ड कन्सर्टका लागि टिकट बिक्रीमा जबरदस्त उत्साह देखिएको छ। आयोजक लाखे ईभेन्ट्स ले जानकारी दिए अनुसार, कन्सर्टका लागि हाल सम्म हजार भन्दा बढी टिकट बिक्री भइसकेको छ। कन्सर्ट आगामी १० मे मा अकल्याण्डमा आयोजना हुँदैछ
कन्सर्टमा न्युजिल्याण्डभरका नेपाली संगीतप्रेमीहरू उपस्थित हुने अपेक्षा गरिएको छ। आयोजकले टिकट किन्न बाँकी रहेका दर्शकहरूलाई छिटो टिकट सुनिश्चित गर्न सुझाव दिएका छन्, किनभने बाँकी सीटहरू छिट्टै सकिन सक्ने सम्भावना छ।
आयोजकले पनि यस अवसरमा दर्शकहरूको उत्साह र प्रेमप्रति कृतज्ञता व्यक्त गरेका छन् र कन्सर्टलाई स्मरणीय अनुभव बनाउन विशेष तयारी गरिरहेको बताएका छन्।


