न्युजिल्याण्डमा कविता वाचन कार्यक्रम सम्पन्न – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा कविता वाचन कार्यक्रम सम्पन्न

   March 21, 2022  

न्युजिल्याण्डमा ३ कविका प्रकाशोन्मुख कृति भित्रका कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हिजो आईतबार सम्पन्न कार्यक्रम नेपाली साहित्य समाजका अध्यक्ष डा. बिरेन्द्र के. सी को अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रममा विशीष्ट अतिथिहरु NRNA NZ का वर्तमान अध्यक्ष उद्धव अधिकारी तथा नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष पशुपती कर्माचार्यको उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाकी सचिव सविना चौलागाईंले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाकै उपाध्यक्ष नमिता दवादी ले दिनु भएको थियो ।
कार्यक्रममा प्रकाशोन्मुख कृतिका कृतिकार संस्थाका महासचिव बिपिन्द्र कोइराला, उपाध्यक्ष युवराज भण्डारी र कवि सुलभ भारतीले  आफ्नो ६-६ वटा कविता प्रस्तुत गर्नु भएको थियो । ३ चरणमा बिभाजन गरिएको कार्यक्रममा प्रत्येक चरणमा कविहरुले पालै पालो २-२ वटा कविता प्रस्तुत गरी कार्यक्रम अवधी भर जम्मा १८ वटा कविता वाचन गर्नु भएको थियो।  बिहान करिब ९:३० बजे शुरु भएको कार्यक्रम दिउँसो १२:०० बजे तिर सकिएको थियो ।